Note 354:

Kamāro offered the following clarification of the use of this text:

Text V1.N354.T1

V1.N354.T1.1.
यो धूर आइमाईको कालचग्र परेको धूर भयो भने, चन्दवती धूर भनेर गौंडो फाल्या बेला यो धूर गरेर गौंडा फाल्छौं। ग्रह लागेकोलाई राशी बर्ग मिलाउनुपर्छ। राशमा र बर्गमा त्यसको भित्री ग्रह भन्ने कुरा के छ र बाहिरी ग्रह भन्ने कुरा के छ। त्यो ग्रहले फेरि राहु र केतु ग्रह बस्यो भन्यो, राहु र केतु ग्रहले कति मैना भोग गर्छ। त्यो ग्रहलाई के दान गरेपछि सञ्चो हुने, कोही ग्रहमाथि एउटा भाल्या खोजेको हुन्छ। कोही ग्रहमाथि एउटा रातो बाख्रो खोजेको हुन्छ। यो दान एउटा बामनलाई दिए पनि हुन्छ। कुनै इष्टले लिए पनि हुन्छ, जब अब गौंडा आएको छ, काल चकर परेको छ भने, त्यसको लक्षण कसरी चिन्नुपर्छ त, भने, गौंडा आएको हुने त्यसको निउरी पनि भयो, त्यसको हिंड्न नसक्ने भयो। धेरै कमजोरी पर्न गयो, आज मलाई निउरी पर्छ, यो मुन्टो सोझो नहुने भयो, अङ्ग दुःख्छ, अलि अलि, आधा अङ्गतिर ज्वरो आउँछ। आधा अङ्गतिर सञ्चो हुन्छ। अनि मदौरुले त्यो भन्दाखेरि खासगरी गौंडा आएकोछ। अब कालचकर परेको हुने, खाना खाँदै छ, हिंड्दै छ, बोल्दै छ, तर उसलाई दुःखी र बिरामी छ भने, थाहा नभएर उ दिनको दिन घट्दै छ, घट्दै छ। जब दुई मैनाजति भएपछि सुतेको बिस्तराबाट उठन सकेन भने, यसलाई खास कालचकर पर्‍यो भन्ने हामीलाई थाहा हुन्छ। बोक्सी लाग्यो मुखबाट बान्ता हुने, अनाज खाएको न पच्ने, पेट ज्यादा दुःख्ने, भयो भने बोक्सी लाग्यो भन्ने थाहा हुन्छ।
This story is the story for when women are struck by the wheel of time. By saying the story of Candravatī at the time of casting off crises, the crises are cast off. When the planets have effect, you must fix the houses of the signs. In which sign and in which house is the planet, you ask, and which outside, you ask. If that planet, again, rests with Rāhu and Ketu, then, how many months will Rāhu and Ketu be consuming, to those planets what gifts must one give to be well, which planet above is seeking a cock? Which planet above is seeking a red goat? It's okay if you give that gift to a Brāhman, too. It's okay, too, if some neighbor takes it. When, now, a crisis comes, when the wheel of time strikes, then, how does one recognize the signs, then, when a crisis comes, the person withers away, can't walk, withers away. "Today I just wither away, this person here can't straighten up, my body hurts, just a little, half of the body has a fever, half the body is well," when the patient says that, most likely, a crisis has come. Now, when the wheel of time strikes, a person eats food, walks, speaks, but feels pain and seems ill, then, not knowing, day by day weakens, weakens, when this goes on for about two months, then when they can't get up from their bed, this is really the wheel of time striking, then we know it. When a witch strikes, one vomits from the mouth, you can't digest grains, the stomach really hurts, then we know that a witch has struck.