Home > Epic > Documents

भारतको विवरण

प्रा. जय राज पन्त

छियाँ भियाँ कठायत (२०२६)‍

छियाँ भियाँ कठायतको भारत को कथानक

१. बाइसे राज्य कुमाउँका छली राजा विक्रम चन्दले सातसारी कत्यूरका निवासी छियाँ कठायतका दाइ भियाँ कठायतलाई नियन्त्रणमा लिई कठोर यातना दिएर नेलका साथ आङ्खनो दरवारमा बन्दी बनाउनु ।

२. दाइलाई दिएको यातना र आङ्खनो परिवारले भोग्नुपरेको पीडा सहन नसकी छियाँ कठायतले दलबल लिएर छली राजा विक्रम चन्दसित लडाइँ गर्न सातसारी कत्यूरबाट बाइसे राज्य कुमाउँमा जानु ।

३. बाइसे राज्य कुमाउँको पत्थरलेकमा छियाँ कठायतले छली राजा विक्रम चन्दको बाटो रोक्नु ।

४. छली राजा विक्रम चन्दले छियाँ कठायतलाई बाटो नरोक्न आग्रह गर्दा छियाँ कठायतले धुनी छाड्ने जोगी, वेद छाड्ने ब्राह्मण र शत्रुलाई बाटो छाड्ने वीरको अस्तित्व नरहने हुनाले साहसी योद्धाका हैसियतबाट बाटो छाड्न नसकिने कुरा व्यक्त गर्नु ।

५. पत्थरलेकमा छली राजा विक्रम चन्द र छियाँ कठायतका बीच पारस्परिक फौजी आक्रमण हुनु, छियाँ कठायतले विक्रम चन्दका सयौँ फौज हताहत गर्नु र छियाँ कठायतले कालान्तरमा दुःख दिई अप्ठेरोमा पार्ने कुरा बुझेर छली राजा विक्रम चन्दले दोनाले बन्दुक प्रयोग गरी छियाँ कठायतलाई गोली हानेर मार्नु ।

६. छली राजा विक्रम चन्दको दरवारमा बन्दी बनाइएको भिङ्या कठायतको प्रातःकालीन सपनामा गएर छियाँ कठायतले छली राजा विक्रम चन्दले आफूलाई पत्थरलेकमा गोली हानी मारेको कुरा सुनाउनु ।

सकराम कार्की (२०२६)

सकराम कार्कीको भारत को कथानक

१. सकराम कार्कीले चम्पावत कोटबाट बाइसे राज्य कुमाउँको बदामगढीमा जान विशेष तयारीका साथ प्रस्थान गर्नु ।

२. सकराम कार्कीका साथ राइभाट र दत्ते बाहुन पनि सहयोगीका रूपमा जानु ।

३. बदामगढीमा पुगेपछि राइभाट र दत्ते बाहुनलाई डेरामा राखेर कुमाउँनी वीर भनिने भारदार पैकेला, सबाउ जन्जाडो, कालिका पठान र दुईजन कठेरीको वीरताबारे बुझ्न सकराम बाहिर निस्कनु ।

४. भारदार चोइलो (पैकेलो), सबाउ जन्जाडो, कालिका पठान र दुईजन कठेरी आपसमा जुवा खेलिरहेका ठाउँमा सकराम कार्की भिक्षुकका भेषमा पुग्नु ।

५. कुमाउँनी उपर्युक्त वीरहरूले नौलो राइभाटका रूपमा देखिएको सकराम कार्कीको परिचय माग्नु, सकरामले सानैदेखि देशदेशान्तर घुम्न निस्केकाले आङ्खनो गाउँठाउँबारे थाहा नभएको तर आफू राइभाट नै भएको कुरा व्यक्त गर्नु । कुमाउँनी वीरहरूले याचक भेषधारी सकरामलाई चाहिएको सामग्रीबारे सोध्नु, सकरामले वाचाबन्धन गरेमात्र आफूले चाहेको कुरा भन्ने प्रस्ताव राख्नु, कुमाउँनी वीरहरूका तर्फाट दुईजन (लुल चन्द कठेरी) ले बाचाबन्धन गर्नु, सकरामले तिनीहरूका पत्‍नी माग्नु, त्यस्तो मागबाट आर्श्चर्यचकित तिनीहरूलाई हाँक दिएर सकराम बेपत्ता हुनु र कुमाउँनी वीरहरूले बेपत्ता भएको सकरामलाई खोज्दा नपाएपछि उनीहरू, हरघडी जुवा खेल्ने गरेका कारण स्थानीय देवता रिसाएकाले त्यसो भएको हो, भनी अबदेखि त्यसरी जुवा नखेल्ने कुरामा एकमत हुनु ।

६. सकराम कार्कीले डेरामा फर्केर राइभाट र दत्ते बाहुनका साथ खाना खाई राइभाट र दत्ते बाहुनलाई आरामसित सुत्‍न लगाई र्सतर्कताका लागि आफू रातभरि जाग्राम बस्नु ।

७. दत्ते बाहुनले बिहानको खाना पकाउँदासम्म सकरामले आङ्खना हतियार चलाई युद्धको अभ्यास गर्नु र त्यसपछि खाना खानु, राइभाट र दत्ते बाहुनलाई केही वर राखेर सकराम कुमाउँनी उपर्युक्त वीरहरूसित युद्ध गर्न सामाहजुरमा जानु, बदामगढीमा तिनीहरूका बीच युद्ध हुनु र अनेकौँ लडाकूहरूका साथै उपर्युक्त वीरहरूलाई मारेर कुमाउँविजय गरी त्यहाँको सुनचाँदी, फलाम, लुगाकपडा, भाँडाकुँडा बदामगढीमा जम्मा पारेर हात्ती, घोडामा लादेर आङ्खना राजा त्रिमल चन्दका दरवारमा सकरामले पुर्‍याउनु ।

८. त्रिमल चन्दका मन्त्री, आफन्त, गण्यमान्य व्यक्ति, इष्टमित्र, सल्लाहकार र सहयोगीहरूले सकरामका विरुद्ध षड्यन्त्र गरी निजलाई समाप्त गर्ने जाल रच्नु र राजाद्वारा दिइएको भन्दै किर्ते कागज बनाएर कुमाउँको श्रीनगरका दश जेउडे, बीस जेउडे वीरहरूसित लड्न पठाउनु ।

९. सकरामले राजा त्रिमल चन्दको कृतघ्नताप्रति धिक्कार व्यक्त गर्दै दश जेउडे बीस जेउडे वीरसित लड्न कुमाउँको श्रीनगरमा जानु, श्रीनगर पुग्नु, जलाशयमा पँधैर्नीहरू भेट्नु र पँधैर्नीका कुरा सुनेर दश जेउडे, बीस जेउडेसित लड्न आवश्यक तयारी गर्नु ।

१०. पूर्वतयारीका साथ बुद्धिविवेक र बल प्रयोग गरी सकरामले श्रीनगरका वीर दश जेउडे र बीस जेउडेलाई पराजित गर्नु, तिनीहरूको नाक, कान, जिब्रो काटेर तिनकै राजा मनुवा चन्दसित सकरामले भेट गर्नु, मनुवा चन्दले त्रिमल चन्द र आफू साख्खै दाइभाइ भएकाले सहयोगीका रूपमा सकरामलाई आङ्खनो दरवारमा सम्मान दिने कुरा गर्नु, सकरामले सो प्रस्ताव स्वीकार्नु, मनुवा चन्दले विभिन्न लोभ देखाएर गढवालको सात पाथीको एक दाना चामल उम्रने इन्द्रगङ्गाका तटको खेतबाट एक गुच्छा धान काटेर ल्याउने अनुरोध सकरामसित गर्नु र सकरामले त्यो अनुरोध स्वीकार गरी गढवालको इन्द्रगङ्गाका तटको खेतमा जानु ।

११. बाबु समदसिंह कार्कीले सकराम कार्कीलाई इन्द्रगङ्गाका सेराबाट फर्काएर घरमा ल्याउन स्वयम् गढवाल जानु, राजाज्ञा पूरा नगरी त्यत्तिकै घर फर्कन ठीक नभएकोले आफूले कमाएको नौ लाखको हिराको हार दिई थोरै दिनभित्र घर फर्कने कुरामा आश्वस्त तुल्याएर बाबु समदसिंहलाई सकरामले घर पठाउनु ।

१२. सकरामको वीरताको चर्चा गढवालभरि फैलनु, वारि एक्लै सकराम र पारि गढवालभरिका ढुङ्गामुढा बोकेका गढवालेका बीच युद्ध हुनु, असङ्ख्य मान्छेले लगातार हिर्काएका ढुङ्गा सकरामले छल्नु, थुप्रै ढुङ्गा जम्मा हुँदा सकरामको घोडा पुरिनु, पारिबाट हानिएको ढुङ्गाले सकरामको बायाँ हात लुलो हुँदा दायाँ हातले आङ्खनै बायाँ हात लुछेर गढवालेतिर सकरामले फाल्नु र भाँचिएको त्यो हात पारितिरको सिर्सेको रुखमा पर्नु र त्यस हातले सो रुखको हाँगा समातेर टक्क अडिनु ।

१३. गढवालेहरूले रुखमा अडिएको सकरामको भाँचिएको हात भुइँमा खस्ने उपायबारे सोध्दा सकरामले सप्ताह गर्नुपर्ने, साठी बोकाको बलि दिनुपर्ने, साठी जना बाहुनबाट वेदपाठ गराउनुपर्ने र साठी जना कन्याको पूजा गरेमात्र हात भुइँमा खस्ने कुरा बताउनु, तदनुसार गढवालेहरूले पूजाआजा गरेपछि रुखमा अड्केको हात भुइँमा खस्नु, खसेको त्यस हातले त्यहाँ एकत्रित आधाभन्दा बढी गढवालेहरूलाई च्यापेर मार्नु, गढवालेहरूसित युद्ध गर्दा सकराम थाक्नु, गढवालको पियेँली कोटमा दाँतमा छुरा च्यापेर जिब्रो टोकी आफैले आङ्खनो अन्त्य गर्ने काम सकरामबाट हुनु र सकराम कार्कीको वीरता र साहसको कीर्ति चारै युगसम्म चलिरहनु ।

सकराम कार्कीको भारत का सामग्रीको छोटो विवरण

१. पात्रहरू

सकराम कार्की, राइभाट, दत्ते बाहुन, भारदार पैकेलो, सबाउ जन्जाडो, कालिका पठान, दुईजन (लुल चन्न) कठेरी, राजा त्रिमल चन्द, मन्त्री, सल्लाहकार, जोगी, पुरी, सिपाही, ज्ञानी, मानी, इष्टमित्र, दश जेउडे, बीस जेउडे, पँधैर्नीहरू, लुहार, राजा मनुवा चन्द, गढवालेहरू, समदसिंह कर्की, शक्तसिंह र भक्तसिंह ।

२. स्थान

चम्पावत कोट, बाइसे राज्य कुमाउँ, बदामगढी, सामाहजुर, श्रीनगर, राजा त्रिमल चन्दको दरवार, राजा मनुवा चन्दको दरवार, गढवालको इन्द्रगङ्गाको फाँट, तल्लो मधेस, माथिल्लो मधेस र नौ डुङरा ।

३. विशेष घटना

सकराम कार्की एक्लैले कुमाउँका स्वनामधन्य वीर भारदार पैकेला, सबाउ जन्जाडो, कालिका पठान, दुईजन (लुल चन्न) कठेरी, दश जेउडे, बीस जेउडेलाई मार्नु, वीरताका अद्‍भुत कार्य गर्नु, तल्लो मधेस, माथिल्लो मधेस, बाइसे राज्य कुमाउँ, नौ डुङरा र गढवाललगायतका ठाउँमा प्रभुत्व जमाउनु, आङ्खनो समयका राजा र राज्यमा अतुलनीय प्रभाव कायम गर्नु, वैरीहरूमा त्रास उत्पन्न गर्नु, युद्धका विभिन्न कलामा प्रवीण हुनु, जहिले पनि हाकी युद्ध गरेर कुलीन वीरका रूपमा चर्चित हुनु र आफूलाई कमजोर हुनलागेको देखेपछि शत्रुका हातबाट मर्नुभन्दा स्वयम् मर्नु । विपक्षी दसौँ वीरहरूलाई मारेर कालिकामा, बीसौँलाई मारेर मालिकामा र तीसौँलाई मारेर भैरवमा चढाउनु । रणकौशल, साहस, वीरता र निडरताका निम्ति चारै युगमा चर्चित हुनु र गढवालको इन्द्रगङ्गाका फाँटमा सात पाथीको एउटा चामलको दाना पाइनु ।

४. विशेष शब्दावली

जम्तड, नेवर, बाँको, पाइक, तफसल, डुङरमाःन, दुलैचा, माइ मरधाःनको बेटो, उगड्यो पाइक, लगड्पेटो, कागलपाःत, मेहरी, हरोहरो पाःट, खरोखरो पाःट, सलेवाःर, छाःपतीको झोःल, ढेसर्‍या, दन्तजीब, गौँलोडा, भड, बिजुलड र चोलाबदली ।

५. टिप्पणी

सकराम कर्कीसित लड्ने कुमाउँको बदामगढीका चारजना वीरमध्येको एक भारदार पैकेलोलाई कतै भारदार चोइलो पनि भएको छ । त्यसैगरी तिनीहरूमध्येकै दुईजन कठेरीलाई कतै लुलचन कठेरी पनि भनिएको छ । यस भारतमा वणिर्त राजा त्रिमल चन्द कुमाउँ राज्यमा सन् १६२५ देखि १६३८ सम्म शासन गर्ने राजा हुन् । यिनले सकराम कार्कीलाई षड्यन्त्र गरेर मार्न लगाएको घटना साँचो हो ।

रानी मौला (२०२६)

रानी मौलाको भारत को कथानक

१. बिलबिलकार राजाका उदउदकार, उदउदकार राजाका बिलबिलकार, बिलबिलकार राजाका उदउदकार, उदउदकार राजाका बुदबुदकार, बुदबुदकार राजाका उदैउदकार, उदैउदकार राजाका बुदैबुदकार र बुदैबुदकार राजाका प्रथमदेव राजकुमार जन्मनु, प्रथमदेव राजाका सात पटरानीमध्येकी जेठी पटरानी मौला (प्रमुख) निःसन्तानी हुनु, बिना पुरुषको सन्तान, बिना बिउको खेती र बिना बादलको वर्षा नहुँदासम्म दरवारमा नबस्ने र त्यसका लागि तीर्थयात्रा गर्ने विचार रानी मौलाले गर्नु, रानीको इच्छा पूरा गर्न प्रसस्त खर्चपर्च दिएर राजा प्रथमदेवले रानीको तीर्थयात्राको व्यवस्था मिलाउनु र रानीले तीर्थयात्राका लागि अजैमिरकोटबाट प्रस्थान गर्नु ।

२. विभिन्न ठाउँमा वास बस्दै, यात्रा गर्दै ठाउँठाउँका देवीदेवताको पूजा गर्दै रानी मौलाले हरिद्वार, गुरुद्वार, काशी, प्रयागराज, गया, गजाधर, तप्तकुण्ड, सिखाकुण्ड, धर्मखण्डमा स्नान, अनेकौँ देवीदेवताको पूजा, दानदक्षिणा गरेर बाह्र धाम तीर्थयात्रा पूरा गर्नु, फर्कनेक्रममा दरवार नगई मायातीर्थ अर्थात् बाङघाटमा काँसकुशको छाप्रो बनाएर रानी मौलाले योगिनीका रूपमा साधना गर्नु, सपनामा देखिएको घटनाका आधारमा पूजाआजा गर्नु, सूर्यको वर प्राप्त गर्नु र खुस्केको एउटा कपाल काठको छेस्कोमा बेरेर कालीघाटमा जलमा बिर्सजन गर्नु ।

३. रानीमौलाको नदीमा विर्सर्जित केश माझीका जालमा लाग्नु, जाल अटि्कनु, अन्य माझीका सहायताबाट केश अड्कोका कारण रोकिएको जाल तानिनु, माभLmहरूले केशलाई सुन ठान्नु र सधैँको एकोहोरो माझी पेसाबाट मुक्ति एवम् अन्य कुनै सरल पेसाको प्राप्तिका लागि सुन ठानिएको त्यो केश कुमाउँका सालदेउ विशालदेउ राजालाई दिनु, राजाले लामो कपाल देखेपछि त्यो कपालकी महिलाको खोजी गर्न कडा आदेश दिनु, स्याबासी र बक्सिस पाउने लोभमा राजाकहाँ गएका माझीहरूले उल्टै गाली खाएर त्यस कपालकी महिलाको खोजी गर्न बाध्य हुनु र पर्याप्त खोजतलास एवम् दौडधूपपछि माझीहरूले रानी मौलालाई बाङघाटमा भेट्नु ।

४. माझीहरूले तपस्विनी रानीमौलालाई बलपूर्वक राजा सालदेउ विशालदेउका दरवारमा पुर्‍याउनु ती राजाले रानी मौलासित विवाहको प्रस्ताव गर्नु, रानी मौलाले छुट्टै दरवार बनाएर रेसमको विशेष लुगा बुन्न लगाए, ठूलो यज्ञको आयोजना गरी त्यसको प्रतिष्ठा गर्नेक्रममा यज्ञशालामै बिहे गरेमात्र बिहे गर्ने विचार व्यक्त गर्नु, राजाले तदनुरूप गर्नु, रानीमौलाले सकेसम्म विलम्ब गराउने प्रयास गर्नु, भनेका सबै र्सत पूरा भएपछि राजाले विवाह गर्न खोज्दा रानी मौलाले सालदेउलाई बाबु भन्नु, सालदेउले बाबु साइनो लगाएकीले बिहे गर्न नहुने भन्नु, त्यसपछि विशालदेउले बिहे गर्न खोज्नु, विशालदेउलाई काका भनेकीले सो विवाह पनि रोकिनु र रानी मौलालाई सालदेउ, विशालदेउ राजाले धर्मपुत्रीका रूपमा स्वीकार गर्नु ।

५. रानी मौलाको विवाहका लागि चारै दिशाका राजाहरूलाई बोलाउनु, कुनै एउटासित बिहे गरे अर्को राजा रिसाउने हुँदा धेरै जनालाई बिहेका लागि बोलाउन नहुने सल्लाह रानी मौलाले सालदेउ विशालदेउलाई दिनु, आफू सालदेउ, विशालदेउ राजाको दरवारमा सङ्कटमा परेको र त्यसबाट जोगाउन चाँडै आउन आग्रह गरी रानीमौलाले आङ्खनो पाल्तु सुगामार्फ राजा प्रथमदेवकहाँ पत्र पठाउनु र प्रथमदेव रानीमौलाको सल्लाहमुताबिक सालदेउ विशालदेउ राजाका दरबारमा जोगीको भेषमा पुग्नु ।

६. रानी मौलाले बिहेका लागि उपस्थित राजाहरूलाई सम्बोधन गरेर आफूले फालेको रुद्राक्षको माला जसको काखमा पर्छ त्यसलाई वरका रूपमा स्वीकार गर्ने प्रस्ताव राख्नु, सबैले त्यो प्रस्ताव स्वीकार गर्नु, रानी मौलाले रुद्राक्षको माला घुमाएर फाल्नु, त्यो माला जोगीरूप प्रथमदेवका काखमा पर्नु, तीनचारपल्ट फाल्दा पनि प्रथमदेवकै काखमा पर्नु, आङ्खनो प्रतिज्ञामुताबिक गरेको कार्यले जोगीलाई वरका रूपमा स्वीकार्नुपर्ने देखिएपछि सोही कुरा स्वीकार भएको विचार रानी मौलाले प्रकट गर्नु, सबै राजाहरू फर्कनु, राजा प्रथमदेवले सालदेउ, विशालदेउलाई यथार्थ कुरा भन्नु र प्रसस्त दाइजो दिई धर्मपुत्री मानिएकी रानी मौलालाई सालदेउ विशालदेउले प्रथमदेवको जिम्मा लगाएर बिदा गर्नु ।

७. सालदेउ, विशालदेउका दरवारबाट सबै जना बाङघाटमा जम्मा हुनु, रानीले आङ्खनो सिद्धिको परीक्षा गर्नु, बिना बादल मुसलधारे पानी पर्नु, अजैमिरकोट फर्कने क्रममा रानी मौला फूजजस्तै हुलुँगी भएकोमा उनको वजन भारी हुँदै गएको कुरा डोलेले भन्नु, रानी मौलाको चरित्रमाथि शङ्का गरेर उनीलाई पछाडि छाडी प्रथमदेव अघिअघि एक्लै अजैमिर पुग्नु र रानीले आफूमाथि निर्रथमा राजाले शङ्का गरेको कुरामा चिन्ता गरी डोलीमै दाँतले जिब्रो टोकेर आत्महत्या गर्नु ।

८. चितामा जलाउन राखिएकी रानी मौलाको शरीरबाट एउटा झिल्का उछिट्टिएर नजिकै रहेको तरुल खनेको खाल्डोमा पर्नु, लास जलाएर दरवार फर्केका मलामीहरूले प्रथमदेवलाई लासबाट उछिट्टिएको झिल्काको घटना सुनाउनु, प्रथमदेवले त्यस झिल्काको खोजी गर्न आज्ञा दिनु, तरुलको खाल्टामा परेको त्यो झिल्का नवजात शिशुका रूपमा परिणत भएको देखिनु, परीक्षा गर्दा त्यो शिशु सूर्यवंशी ठहरिनु, अजैमिरकोटको नयाँ राजकुमार र सूर्यवंशी त्यो शिशु पछि गएर, तपि मल्ल, का नामले चर्चित हुनु, त्यसले अजैमिरकोटमा राज्य गर्नु र रानी मौलाको तपस्या सिद्ध भएको कुरामा सबैले विश्वास गर्नु ।

रानी मौलाको भारत का सामग्रीको छोटो विवरण

१. पात्रहरू

बिलबिलकार, उदउदकार, बिलबिलकार, उदउदकार, बुदबुदकार, उदैउदकार, बुदैबुदकार, प्रथमदेव, प्रथमदेवका सात जना रानीहरू, प्रमुख रानी पत्थरशिला वा रानी मौला, भोकानाङ्गा गरिब, माग्ने, माझीहरू, सालदेउ, विशालदेउ, चारै दिशाका राजाहरू, सिकर्मी, डकर्मी, रेसमको लुगा बुन्नेहरू, डोलेहरू पाल्तु सुगा, मलीहरू र तपि मल्ल ।

२. स्थान

अजैमिरकोट, फूलको बारी, आइतको खान, रुपालको घाट, कुमाउँको सिलिङ्गी, हरिद्वार, गुरुद्वार, काशी, बनारस, गङ्गोत्री, यमुनोत्री, तिलज्यू, बर्तडीको खेत, गया, गजाधर, झरैखानको बैजनाथ, गौरीकुण्ड, शिखाकुण्ड, धर्मखण्ड, बाङघाट, कालीघाट, ढोलीपोखरा र मसानघाट ।

३. विशेष घटना

रानी मौलाले पुरुषको संसर्गबिना सन्तान, बादलबिना वर्षा र बिउबिना खेती हुनसक्ने कार्यको सिद्धिका लागि तीर्थाटन र साधना गर्नु, उक्त कार्यको सिद्धिका लागि गर्नुपर्ने कामबारे जानकारी दिन दैवीशक्ति सपनामा प्रकट हुनु, सपनाबाट प्राप्त निर्देशानुसारका कार्यले सिद्धि प्रदान गर्नु, जालमा भूत लाग्ने कुरामा विश्वास गर्नु, पाल्तु सुगाले सन्देशबाहकको काम गर्नु, सती र साध्वी बनेकी रानीमौलाले घुमाएर फालेको रुद्राक्षको माला बारम्बार राजा प्रथमदेवका काखमा पर्नु, बिना बादल पानी पर्नु, पुरुषसितको संसर्गबिना सूर्यबाट प्राप्त वरदानका कारण मृत रानीमौलाले झिल्काका रूपमा शिशु जन्माउनु र सो शिशु तपि मल्ल का नामले अजैमिरका शासक बन्नु ।

४. विशेष शब्दावली

मौला, अपुती, भैँय्याँ, मुडै, सिरुपाःत, समेत र सिजुरको साडो ।

५. टिप्पणी

यस भारतमा उल्लिखित राजा प्रथमदेव, रघुवंशका एक सय चौँसठि्ठयौँ राजा हुन् । सूर्यवंशी यिनीपछि धामदेउ राजा भए । धामदेउका पनाति नाग मल्ल हुन् । प्रथम देव राजाका पालामा अजैमिर दरवार बनिसकेको थिएन तर डोटी राज्य यिनका अधीनमा थियो । यी इस्वीको बाह्रौँ शताब्दीतिरका डोटेली शासक मानिन्छन् ।

रनि राउत (२०२६)

रनि राउतको भारत को कथानक

१. वीर योद्धाको छोरा भएकोले बाबुले झैँ छोराले पनि लडाइँमा जानुपर्ने कुरा आमा बैरागीशिलाले आङ्खना छोरा रनि राउतलाई भन्नु, आमाको आज्ञानुसार योद्धाको परिधानका साथ रनि कुमाउँनी राजा गरुडज्ञानी चन्दका दरवारमा जानु, त्यहाँ पुगेर रनिले राजा गरुडज्ञानी चन्दलाई ढोगसलाम गर्नु र राजाको सेवामा बाह्र वर्षव्यतीत गर्नु ।

२. रनि राउतकी पत्‍नी भीमशिला पतिको लामो प्रवासका कारण आङ्खनै घरको सेवक झगडी झङ्करुवासित आकषिर्त हुनु, सासू बैरागीशिलाले बुहारीको आनीबानी थाहा पाउनु, त्यसबारे जानकारी दिन घरको पाल्तु सुगालाई रनि राउतकहाँ पठाउनु, घरबाट पठाइएको पत्र सुगाद्वारा पाएपछि रनिले पढ्नु, पत्‍नीको कमजोर चरित्रका बारेमा थाहा भएपछि चिन्ता, पीडा र आक्रोशमा परेर रनिले चार कुल्लाँ रगत वमन गर्नु र त्यो खबर थाहा पाएको राति रनिलाई नराम्रो सपना हुनु ।

३. अर्को दिन राजालाई रनिले सपना बताउनु, राजाले सपनाको अर्थ बुझाउनु, सपनाले आसन्नसङ्कटको सूचना दिएको कुरा रनिले बुझ्नु, रनिले राजाको सेवाबाट केही दिनका लागि बिदा माग्नु, राजाले चाहेजति बिदा लिने अनुमति दिनु र भएका सरसामान राखेर घोडामा रनि घर फर्कनु ।

४. घरको सेवक झगडी झङ्करुवालाई लुकाएर राखेकी र अचानक पति रनि राउत घरमा पुगेकोले भीमशिलाको होसहवास हराउनु, हातखुट्टा धुन रनिले पानी माग्दा भीमशिलाले मोही र मह दिनु, रनि भीमशिलाको व्यवहारबाट आर्श्चर्यमा पर्नु र सासू बैरागीशिलाले अह्राएको काम विचार पुर्‍याएर गर्न आदेश दिँदा भीमशिलाले कुरा मिलाएर अवस्था सामान्य बनाउने प्रयास गर्नु ।

५. अटालीमा रातो पाखी ओछ्याएर बसेको रनि राउतले तलामा राखेको रङ्ग लगाएको गुलेली र चरा मार्ने धनाल देख्नु र त्यसबारे भीमशिलालाई सोध्दा पतिको मायामा ती सामग्री राखिएको झुटा कुरा बताउनु ।

६. राति खाना खानेक्रममा भकारीमा अडेस लगाएर बसेको रनि राउतले भकारी कामेको र डरले पेसाब छुट्दा भकारीबाट पानी बगेको देख्नु, त्यसबारे सोध्दा भीमशिलाले कुरा बनाउनु, घरका खाना खाने व्यक्तिका तुलनामा खाना बढी पकाइएको बारे सोध्दा पनि भीमशिलाले त्यस्तै बनावटी कुरा मिलाउनु र खाना खाएपछि कुल्ला गर्न रनि बाहिर गएको मौका छोपी भीमशिलाले झगडी झङ्करुवाका लागि भकारीमै खानेकुरा दिनु ।

७. झगडी झङ्करुवालाई खाना दिएको कुरा थाहा पाएपछि पनि बहाना बनाएर स्थिति सामान्य तुल्याउन खोज्ने भीमशिलालाई निरुत्तर तुल्याउन रनिले भकारीमा आगोको भुङ्ग्रो खन्याउनु, आगो खाने देवता पानी पनि खान्छ, भनेर तुरुन्तै भीमशिलाले भकारीमा पानी खन्याउनु, भकारीमा लुकेर बसेको झगडी झङ्करुवाको टुपी समातेर रनिले बाहिर ल्याउनु र मार्न खोज्दा आमा बैरागशिलाले रोकी एकजना काम गर्ने मान्छे घरमा चाहिने हुँदा झगडीलाई सेवकका रूपमा राख्न र नमार्न सल्लाह दिनु ।

८. रनिले भीमशिलालाई परित्याग गरेर झगडीका जिम्मा लगाउनु र अर्को बिहे नगरेसम्म घरमा नबस्ने वाचा गर्दै घर छोड्नु, ससुरालीमा गएर रनिले सालीसित बिहे गर्न खोज्नु, ससुरालीपक्षका व्यक्तिहरूले पहिले दिएकी छोरी राख्न नसक्ने व्यक्तिलाई फेरि अर्की छोरी दिन नसकिने कुरा बताउनु, एकजना जोगीसित लुगाकपडा, अलङ्कार र दण्ड मागेर रनि जोगी भेषमा यत्रतत्र भौँतारिँदै पुनः ससुराली गाउँको पँधेरामा पुग्नु, त्यहाँ साली मोतिमासित भेट हुनु र सालीलाई भगाएर रनिले घरमा ल्याउनु ।

९. निकै वर्षम्म सन्तान नजन्मेपछि मोतिमाको आग्रहमा ज्योतिषीलाई हेराउन रनि सुनसिंह बडाभाटका घरमा जानु, त्यो ज्योतिष मोतिमासित बिहे गर्न ठीक परेको मेलादेउ कलौनीको मान्छे हुनु, त्यसले बनावटी कुरा गरेर मेलादेउको सल्लाहमा रनिलाई फसाउने उपाय गर्नु, सो कुरा थाहा नभएको रनिले ज्योतिषको सुझाव शिरोपर गरी तीर्थाटनका लागि जानु र हरिद्वार, काशी, प्रयागराज सबैतिर गई स्नान, ध्यान, पूजापाठ र दानदक्षिणा गर्नु, तीर्थयात्राबाट फर्कनेक्रममा ओलाघाटमा स्नान गरी ज्योतिषले भनेझैँ एकजना बाहुनका टाङमा तीन सय साठीपल्ट छिर्न बाहुनको खोजी गर्नु, मेलादेउ कलौनी नक्कली बाहुन बनेर त्यहाँ देखिनु र निजलाई बाहुन बनाएर पुज्न एवम् सेवा गर्न रनिले बुईमा राखेर ओलाघाट पुर्‍याउनु ।

१०. श्राद्धपछि बाहुनको टाङबाट तीन सय साठीपल्ट छिर्नेक्रममा झगडी झङ्करुवा र मेलादेउ कलौनी पक्षका व्यक्तिहरू अचानक देखिनु, तिनीहरूले रनिमाथि आक्रमण गर्नु, रनिले यथार्थ कुरा बुझेपछि प्रत्याक्रमण गर्नु र झगडी झङ्करुवा र मेलादेउ कलौनीलगायतका सबैको अन्त्य गरेर घर फर्कनु ।

रनि राउतको भारत का सामग्रीको छोटो विवरण

१. पात्रहरू

रनि राउत, वैरागीशिला रनि राउतको बाबु, भीमशिला वा रमला, झगडी झङ्करुवा, राजा गरुडज्ञानी चन्द, पाल्तु सुगा, राजा गरुडज्ञानी चन्दको दरवारका भाइभारदार, इष्टमित्र, कार्यकर्ता, सल्लाहकार, सेना, सहयोगी, जोगी, मोतिमा, रनि राउतको ससुरालीपक्षका व्यक्तिहरू सुनसिंह बडुभाट, मेलादेउ कलौनी, पण्डित र पुरोहित ।

२. स्थान

रनि राउतको रैथान, राजा गरुडज्ञानी चन्दको दरवार, सिलिङ्गी चौतारो, आँगन, अटाली, भान्सा कोठा, भकारी, ससुराली गाउँ, ससुराली गाउँको जलाशय, जोगीको कुटी, देशदेशान्तर, सुनसिंह बडुभाटको घर, हरिद्वार, गुरुद्वार, काशी, प्रयागराज, गया, गजाधर र ओलाघाट ।

३. विशेष घटना

वीरका सन्तानले घर बस्न नहुने मान्यता प्रचलित हुनु, राजा र राज्यको सेवा गर्नु, पत्‍नीलाई एक्लै घरमा छोडेर पतिले बाह्र वर्षम्म बाहिर बस्नु, नारीको दोषमा आवश्यकताभन्दा बढी सजाय दिनु, जारी गर्नेलाई मार्नु, सालीसित बिहे गर्नु, सपनाका घटना तथा शकुनअपशकुनमा विश्वास गर्नु, नारीको चरित्र बझ्न गाह्रो हुने कुरा व्यापक रूपमा मान्य हुनु, ज्योतिषमा विश्वास गर्नु, तीर्थाटन, श्राद्ध र दानदक्षिणाको परम्पराप्रति अटल आस्था राख्नु, भाग्यवादी धारणा राख्नु, मल्लयुद्धको चलन हुनु, वैरीको समूल नष्ट गर्ने प्रयत्‍न गर्नु, वैरीसाध्न गरिने यावत् षड्यन्त्रलाई उचित ठान्नु र नायकको जित देखाउनु ।

४. विशेष शब्दावली

सुनमुठ, जौ हाल्या बौर, रोहिणी राःत, कुमसरिको, कर्नाःल फोःलो, पञ्चस्थान कलिमुली, बागो, र्साई, पल्साउनो, पाउला, चीठोः ढुकुरो, गुर्काउनो, पाःण, बाउडण्ण, मङराउँ, लङाःर, डाङरो, नवालीपाःट, अटकन, पटकन र थडिबडि ।

५. टिप्पणी

रनि राउतकी पत्‍नी भीमशिलालाई कतैकतै रमला भनिएको । साथै कतिपय ठाउँमा गायक अल्मलिएर रनि राउतकी आमा बैरागीशिला भननुपर्नेमा भीमशिला भनिएको पनि छ । गुर्ग्यानी चन्द अर्थात् गरुडज्ञानी चन्द कुमाउँ राज्यमा सन् १३७४ देखि १४१९ सम्म राज्य गर्ने चन्द्रवंशी राजा हुन् ।

बिका पनेरू (२०२६)

बिका पनेरूको भारत को कथानक

१. अजैमिरकोटका राजा पहाडी शाहीले आफ्नो राज्यका सारा प्रमुखहरूलाई बोलाएर गरेको सभाले बिका पनेरूलाई सुनको माछा, सुनको बिरालो बनाएर दण्डस्वरूप दिने सजाय तोक्नु, बिका पनेरूले त्यो सजाय अस्वीकार गरी डोटी छोडेर कुमाउँ जानु, पहाडी शाहीले बिकालाई फर्काउन सेवक पठाउनु, बिकाले फर्कन नमान्नु बरु डोटी राज्य विघटन गरेर अजैमिर दरवारका पत्थरले चम्पावतको दरवार बनाउने प्रण गर्नु र दलबल तथा परिवारसहित चम्पावत राज्यको तामलीका सेरामा जानु ।

२. उचित खानपानको अभावमा बिका पनेरूको दलबलले कन्दमूल खनेर खानु, चम्पावत राज्यका बासिन्दाले बिकाको उपेक्षा गर्नु, राजा जगि चन्दले आफ्ना बाबुको श्राद्धमा पुराणवाचन गराउने उद्देश्यले पुराणका पुस्तकको खोजी गर्नु, चम्पावत राज्यभरि खोज्दा पनि पुराणका पुस्तक नपाइएकाले बिका पनेरूसित हुनसक्ने सम्भावनादेखि राजा जागिले बिका पनेरूकहाँ सेवक पठाउनु, बिका पनेरूकहाँ पुराणका पुस्तक पाइनु, बिकाले सो पुस्तक दरवारमा दिनु र त्यसबापत राजा जगिले बिकालाई यथेष्ट सुनचाँदी दिनु ।

३. राजा जगि चन्दको दरवारबाट सुनचाँदी घोडामा लादेर घर फर्कनलागेको बिकालाई वारि मधेस, पारि मधेस र निउरियालगायतका ठाउँ जितेर आउँदै गरेको विजयसिंह गेडाले देख्नु, ती दुवैका बीच भनाभन र बाटो छेकाछेक हुनु, बिजयसिंहले बिकाको मानहानि एवम् बेइज्जती हुने कुरा गर्नु र बिकाले पनि विजयसिंहलाई तथानाम गाली गर्नु ।

४. बिकालाई स्याबासी एवम् सुनचाँदी दिएकोमा आपत्ति जनाउँदै विजयसिंहले राजा जगि चन्दको व्यवहारप्रति आपत्ति प्रकट गर्नु, बिकालाई ढुङ्गेशिलाबाट हटाउने विचार विजयसिंहले व्यक्त गर्नु, त्यस्तो नगर्न राजा जगि चन्दले आग्रह गर्नु, विजय सिंहले बिकालाई ढुङ्गेशिलाको बस्तीको बिगोस्वरूप एक लाख आफूलाई र चाद्ध लाख रुपैया राजा जगि चन्दलाई दिन दबाब दिनु, बिकाले सो रकम दिन नमान्नु र विजयसिंहले भनेका कुरा सुनाउन बिका राजा जगि चन्दकहाँ जानु ।

५. राजा जगि चन्दले बिकालाई आश्वास्त पारेर पठाउनु, विजयसिंहले सो कुरा थाहा पाएपछि हात पर्न लागेको रकम खुस्किएको र आफ्नो पनि नोक्सान भएकोमा राजा जगिलाई धिक्कार गर्नु, दबाब दिन विजयसिंह पुनः बिकाकहाँ जानु र भनेजस्तो रकम नतिर्ने कुरा परिवारको सल्लाहअनुसार बिकाले विजयसिंहलाई सुनाउनु ।

६. विजयसिंह दलबलसहित बिकाकहाँ पुग्दा बिकाको छोरा चन्द्रभानले बाह्र वर्षो जिनो खसी एकै चोटमा काटेर विजयसिंहको दल तितरबितर गर्नका साथै भेटिएका जति सबैलाई काट्दै हिँड्नु र विजयसिंह डरले भाग्नु ।

७. बाइसे राज्य कुमाउँको अटलास गढ कब्जा गरेर फर्केको चन्द्रभानको खुसीमा विजयसिंह भागेको खवर सन्तोषको विषय नभएको र विजयसिंह नै पहिलो प्रहारको केन्द्रबिन्दु हुनुपर्ने कुरा बिकाले चन्द्रभानलाई भन्नु, घरका सबै सदस्यले कुमाउँनीहरूसितको लडाइँमा पछि सर्न नहुने सल्लाह बिका र चन्द्रभानलाई दिनु । यस कार्यमा चन्द्रभानकी काकी अझै उग्र देखिनु र सबैको एकमतमा चन्द्रभान विजयसिंहसित लड्न पुनः प्रस्थान गर्नु ।

८. नौखुचे भीमतालमा विजयसिंहलाई छोपेर चन्द्रभानले हाँक दिनु, पहिले विजयसिंहलाई आफूमाथि प्रहार गर्न लगाउनु, विजयसिंहको प्रहारले चन्द्रभानलाई केही नहुनु, पछि चन्द्रभानद्वारा गरिएको छुरीको प्रहार सहन नसकेर विजयसिंहको मृत्यु हुनु ।

९. विजयसिंह चन्द्रभानबाट मारिएको खवरले बिका तथा परिवारका सबैमा खुसी छाउनु, कुमाउँमा मच्चिएको आतङ्कको परिणाम राम्रो नहुने ठानेर बिकाले आफ्नो र आफ्ना परिवारका सबै सदस्यको अन्त्य दुश्मनको हातबाट हुनुभन्दा आफ्नै हातबाट हुनु राम्रो ठान्नु, त्यसैले आफ्ना सहयोगी बिजुवा बोहरालाई बाला र धना परिवारका दुई जना बालकलाई कुस्ती खेल्ने र युद्धकला सिक्ने अखडामा पठाएर युद्धकला सिकाउने क्रममा मार्न लगाउनु, तिनीहरूको मृत्युमा परिवारका सबै जनाले विलाप गर्नु र अन्त्यमा त्यसैगरी परिवारका सबै जनाले र स्वयम् बिका पनेरूले आफ्नो इहलीला आफ्नै हातले समाप्त गर्नु ।

बिका पनेरूको भारत को सामग्रीको छोटो विवरण

१. पात्रहरू

पहाडी शाही, पहाडी शाहीको दरवारका विभिन्न व्यक्तिहरू, बिका पनेरू, चन्द्रभान, बिका पनेरूकी पत्‍नी, बिका पनेरूकी भाइबुहारी, विजयसिंह गेडा, कुमाउँनी राजा जगि चन्द, बिका पनेरूको दलबल, विजयसिंह गेडाको दलबल, बिजुवा बोहरा, बाला र धना ।

२. स्थान

अजैमिरकोट, कुमाउँको तामलीको सेरा, चिपुरका सेरा, ढुङ्गेशिला, चम्पावत दरवार, बाइसे राज्य कुमाउँ, नौ खुचे भीमताल र युद्धकौशल सिक्ने र प्रदर्शन गर्ने अखडा ।

३. विशेष घटना

अजैमिरकोटका राजा पहाडी शाहीलाई हाँक दिएर उनको राज्य छोडी बिका पनेरूले कुमाउँ जानु, चम्पावतका राजालाई रिझाए पनि उनका प्रमुख सहयोगी विजयसिंह गेडासित कुरा नमिल्दा कुमाउँमा पनि बिकाले कष्ट भोग्नु, बाहुनले गर्नुपर्ने कृत्य गर्दागर्दै पनि रणकौशलमा समेत बिकाको परिवार प्रवीण हुनु, बिकाकी पत्‍नी र भाइबुहारी परिवारका पुरुषहरूभन्दा ज्यादा साहसी, निडर र जुझारू हुनु, कोदोलाई निम्नस्तरको अन्न मान्नु, एक्लो भएर पनि राजासित बिकाले प्रतिशोध गर्नु, विजयसिंह गेडालाई मारी विजय प्राप्त गरेर पनि भविष्यमा हुनसक्ने षडयन्त्र विचार गरेर शत्रुका हातबाट मर्नुभन्दा आफ्नै हातबाट मर्नु उचित सम्झी वीरोचित उपाय अपनाएर आफू र आफ्नो परिवारको अन्त्य आफैले गर्नु ।

४. विशेष शब्दावली

अडिया जोलिया, रनिबस्ती, खतड्को सैँजडीको काणो, नलै फलै, चानी लाग्ग, चुइँकाउँ, गतानी डुब्का हालाइ, झाउरा फाल हाल्लु, छकेवाल र झेडामेडा ।

५. टिप्पणी

तामलीको सेरोंलाई कतै चिपुरको सेरो भनेको, एक प्रसङ्गमा जगि चन्न भन्नुपर्नेमा पहाडी साइ र अर्को ठाउँमा छली राजा वीर राजा बिक्राम चन्न भनको र बिका पनेरूलाई विजयसिंह गेडाले एक ठाउँमा कुमाउँमा बस्नदिन्छु, भन्नुपर्नेमा अजैमिर बस्नदिन्छु, भनेको ।

राजा पहाडी शाही डोटी राज्यका सन् १७४५ देखि १७४८ सम्म शासन गर्ने राजा हुन् । यस भारतको रचनाकाल र यसमा उल्लिखित घटनाको समयको हाराहारीमा रहेको बुझिन्छ ।

उदाछापला (२०२६)

उदाछापलाको भारत को कथानक

१. उदा कठायतले फुपू भागशिलाको घरमा जानु, भागशिलाले छापला प्युलालाई नचिन्नु, छापलाले आङ्खनो विस्तृत परिचय दिएपछि भागशिलाले चिन्नु र आङ्खनो घरमा प्रसस्त गाई भैँसी र धनसम्पत्ति भएकोले भैँसीगोठमा गएर दूधदही खाई भैँसीको हेरचाह गरी मोज गर्न भन्नु ।

२. वीरोचित परिधानले युक्त भएर उदा कठायत फुपू भागशिलाको भैँसीगोठ नङारचनीका धुरा जानु, गोठमा बस्दा उचित खानपान पाएर उदा हृष्टपुष्ट हुनु, त्यसैबीच राजा विक्रम चन्दलाई छापला प्युराले आफूझैँ वीर खोजेर मुकाबिला गराउन चुनौती दिँदै खोज्न नसके राजा नमान्ने र ढोगसलाम पनि नगर्ने खबर पठाउनु, राजा विक्रम चन्दले छापला प्युरासित भिड्न सक्ने वीरको खोजी गर्नु, ज्योतिष हेराएर भाग्यमा वीरता बोकेर ल्याउने त्यस्तो वीरको खोजतलास गर्नु, ज्योतिषको सल्लाहअनुसार त्यस्तो वीरता केलसिंह कठायत र निजको परिवारका सदस्यले मात्र पाएको कुरा थाहा हुनु र सेवकहरू पठाएर राजा विक्रम चन्दले केलसिंहलाई उदा कठायतसित प्रतिरोध गर्नसक्ने वीर खोजिदिनका लागि सहयोग गर्न अनुरोध गर्नु ।

३. राजाको अनुरोधपत्र पाएपछि केलसिंह कठायतले आङ्खना सुदा, बुदा, सोर र शक्तिसमेतका चार भाइ छोरालाई सम्झँदै निकै समयदेखि बेपत्ता भएको उदा कठायतलाई पनि सम्झनु, घरमा भएका छोराहरूमध्येका एक जना बुदा कठायतले बाबु केलसिंहलाई युद्धका लागि आफू जाने कुरा गर्नु र घोडामा चढेर राजा विक्रम चन्दको दरबारमा जानु ।

४. विक्रम चन्दलाई ढोगसलाम गरेर बुदाले छापलासितको युद्धमा लड्न आफू आएको कुरा सुनाउनु, राजाले लड्नुअघि छापलासित जुध्नसक्ने वा नसक्नेबारे बुझ्न बुदाको परीक्षा गर्नु र परीक्षामा बुदाले पानी खान र फलामका चना चपाउन नसकेपछि राजाबाट निजलाई फिर्ता पठाइनु ।

५. उदा घरमा नभएको बेला खाँडो र कटारलाई प्रतीक बनाएर केलसिंहले उदाको विवाह ख्याउटुमाला र डुगटुमालासित गराइदिनु, त्यस विवाहमा रमनाु र जमुनाजस्ता नर्तकीले नाच देखाउनु र बुदाको क्षमता नपुग्ने देखेपछि स्थानीय प्रसिद्ध वीरहरूको खोजीका क्रममा राजा विक्रम चन्दले चार जना सेवक पठाएर उदा कठायत बसेको नङारचनीका धुरामा पठाउनु ।

६. उदाले जम्मा गरेका बाउसोका बिँड र हलानोका काठ तथा काठको एउटा मुढोमा हिर्काएर राखेको बन्चरो झिक्नु र उठाउन नसकेपछि राजाका सेवकहरूले दैवीशक्ति मानेर प्रायश्चित स्वरूप तिनको पूजाआजा गर्नु र भैँसीगोठमा पुग्नु ।

७. सेवकहरूले उदालाई राजाको पत्र दिनु, राजाको अनुरोध स्वीकार गरेर उदाले गोठ छोड्ने तयारी गर्नु, भैँसीहरूसित बिदाइको विलाप गर्नु, राजाका सेवकहरूलाई खिर र रोटी पकाएर ख्वाउनु, सेवकहरूले आगाको आँचबाट येनकेन खिरको भाँडो झिक्न सके पनि पकाउन राखेको बाह्र थैला पिठोको रोटी झिक्न नसक्नु, उदाले पनि सो रोटी झिक्न चार कुल्लाँ रगत वमन गर्नु, सेवकहरूले दिएको खाने कुरा खान नसक्नु, उदाले खिर र पूरै रोटी खानु र बाउसोका बिँड, हलानोका काठ र घरमा लैजान पर्ने सामानहरू बटुलेर एक्लैले बोकी उदा घर फर्कनु, बाउसोका बिँड, हलानोका काठ र बन्चरोलाई राजाका सेवकहरूले देवता मानेर पुजेको कुरा थाहा पाउँदा उदाले हाँस्नु र ती वस्तु राखेका ठाउँमा दैवीशक्ति मानेर उनीहरूले चढाएको चामल खाँदै अघि बढ्नु ।

८. उदा कठायत घरमा फर्कन लागेको कुरा ससुरा केलसिंह कठायतलाई बुहारी ख्याउटुमाला र डुगटुमालाले सुनाउनु, केलसिंह त्यस कुराबाट आर्श्चर्यमा पर्नु, गोठबाट घर र्फकंदै गरेको उदाले जलाशयमा पानी भर्न गएका ख्याउटुमाला र डुगटुमालासित पानी माग्नु, लोहटामा उनीहरूले पानी दिँदा गाग्री भरेर दिन उदाले आग्रह गर्नु, गाग्रीभरिको पानी खाएपछि उदाले रित्तो गाग्रीलाई पाता बनाएर फाल्नु, ख्याउटुमाला र डुगटुमालासित परिचय लिँदा उनीहरू आङ्खना पत्‍नीहरू भएको कुरा उदा कठायतलाई थाहा हुनु र उदा कठायत घरमा पुग्नु ।

९. निकै वर्षछि उदा फर्केको खुसीमा केलसिंहले घरमा दीपावली गराउनु, छत्तीस परिकारको ज्युनार सेवन गरिसकेपछि उदा आङ्खनो नौ तले महलको विशेष शयनकक्ष र विशेष किसिमको ओछ्यानमा सुत्नु, सपनामा उदाले शत्रुपक्षसित युद्ध गरेको देख्दा शयनकक्षको थाम समात्नु र सेविकाहरूलाई बत्ती बाल्न भन्नु र घरका आफन्तहरूले सपनामा विचित्र काम गरिरहेको अवस्था देखेको हुनाले न्रि्राबाट ब्युँझेको उदाले लाज मान्नु ।

१०. उदाले राजाको अनुरोध, सपनाले देखाएको घटना, उमेर र अवस्थाको परिपक्वता र शुभसाइतको मुहूर्त विचार गरेर राजा विक्रम चन्दको दरवारमा योद्धाका परिधानले युक्त भएर घोडामा चढी जानु, ख्याउटुमाला र डुगटुमालाले उदाको विछोडका कारण दुःख प्रकट गर्नु, यात्राका क्रममा उदाले छापलाको नदीकिनारको ठूलो खेतमा रोपाइँ भइरहेको देख्नु र रोपाइँमा संलग्न व्यक्तिहरूलाई आङ्खनो वीरता देखाउन उदाले पानपाते छुरा झिकेर बाह्र वर्षो जिनो खसी एकै चोटमा काटेर घोडामा राखी बाटो लाग्नु ।

११. दरवारमा पुगेपछि राजाले बुदालाई जस्तै उदालाई पनि बाउन्न घडाको पानी खान र फलामका चना चपाउन भन्नु, उदाले सहजै त्यो कार्य गरेको देख्दा राजा खुसी हुनु, राजाको सभामा बसेकाहरूका लहरमा एकातिर उदा र अर्कातिर छापलाको कुर्सी लागेको हुनु र ती दुईका बीचमा भनाभन चल्दा राजाले रोक्नु ।

१२. राति सुतेको मौका छोपी उदा कठायतले छापला प्युराका जुँघा काट्नु र ती जुँघा उदाले राजामा चढाउनु ।

१३. राजाको सभामा विपरीत लहरका कुर्सी बसेका उदा र छापलाका बीच पुनः भनाभन हुनु, छापलाले आङ्खना जुँघा उदाले काटेको कुरा थाहा पाउनु, ती दुईमा त्यहीँ घमासान कुस्ती हुनु, उदाले छापलाका दुवै घुँडा काट्नु, त्यो खबर सर्वत्र व्यापक रूपमा फैलनु, राजा विक्रम चन्दले छापलालाई सुन वा काठ जे मन छ त्यसका कृत्रिम खुट्टा हालिदिने वचन दिनु र त्यसैगरी दुश्मनका खुट्टा काट्ने उदाको चाहनामुताबिक स्याबासीस्वरूप रहबका घाटका माछा खुवाउने व्यवस्था मिलाउनु ।

१४. उदा कठायतका माझीहरूलाई लगेर रहबका घाटका माछा मार्न जानु, घाटमा मारिएका माछा लगेर उदाले छापला प्युराको घट्टको छानाको काठ जलाएर माछा पोल्नु, आङ्खनो घट्ट जलाइएको कुरा थाहा पाएपछि छापला प्युरा घट्टमा पुग्नु, त्यहाँ उदासित झगडा हुनु, छापलाले गोखुर देखाएर उदालाई लोभ्याउनु, गोखुर पाउने आशामा उदा उत्साहित हुनु, दुवै वीरमा युद्ध हुनु र एकअर्काको प्रहारबाट दुवैको मृत्यु हुनु ।

१५. ख्याउटुमाला र डुगडुमालाले उदा र छापलाका बीच युद्ध भएको ठाउँमा जानु, दुवैले उदा र छापलामा जसले जित्यो त्यसैसँग विवाह गरेर जाने सल्लाह मिलाउनु तर दुवैको मृत्यु भएकोमा ख्याउटुमाला र डुगटुमालाले विलाप गर्नु र असाधारण वीरता प्रदर्शन गरी खानदानीपन कायम गर्ने उदा र छापलाको कीर्ति चारै युगसम्म रहिरहने सन्देश प्रस्तोताद्वारा व्यक्त गर्नु ।

उदाछापलाको भारत का सामग्रीको छोटो विवरण

१. पात्रहरू

उदा कठायत, भागशिला, राजा विक्रम चन्द, छापला प्युरा, केलसिंह कठायत, केलसिंह कठायतकी पत्‍नी रुदा, बुदा, सोर, शक्ति, ख्याउटुमाला, डुगटुमाला, रमुना, जमुना, सेवकहरू, भैँसी, सेविकाहरू, उदा कठायतकी आमा, बाउसे, हली, रोपारीहरू, माझीहरू, राजाको सभाका सभासद्हरू ।

२. स्थान

केलसिंह कठायतको गाउँ, भागशिलाको गाउँ, नङारचनीको धुरा (भैँसीगोठ), राजा विक्रम चन्दको दरवार र क्षेत्र, केलसिंह कठायतका गाउँको जलाशय, छापलाको खेत, छापला प्युराको डेरा, रहबको घाट र छापला प्युराको घट्ट ।

३. विशेष घटना

भागशिलाका प्रसस्त गाईभैँसी हुनु, भैँसीगोठमा बसेर उदा कठायत असामान्य रूपमा बलियो हुनु, उदाको आहार निकै ज्यादा हुनु, वीरहरूले समान शक्ति भएको प्रतिद्वन्द्वी खोज्नु, हतियारलाई दुलहाको प्रतीक बनाएर ख्याउटुमाला र डुगटुमालासित उदा कठायतको विवाह केलसिंहले गराउनु, राजा विक्रम चन्दका दरवारमा उदाले बाउन्न गाग्रा पानी खानु र फलामका चिउरा चपाउनु, बाह्र वर्षो जिनो खसीलाई उदाले एक चोटमा काट्नु र उदा र छापलाले युगयुगान्तरसम्म कीर्ति रहने वीरता प्रदर्शन गरेर मर्नु ।

४. विशेष शब्दावली

झिरोकाणो, झेउर्‍या मुल्या, हलाइ फर्कोइ, छेपाडी, रनझुकन, भारत, मजेला, भतेडी, पोर्कि, नीर्कि, दुलिचा, पाटा, अडिया जोलिया, कागल पात, बौसा जडा, छाउना, छापती, चिर्किट्टा, कटाल डीठ, रिण्या, खडबडाउनु, गाड्डु, खित्नु, बलाइ, डुकुरमान, नवालीपाट, बिसुला, बडाज्यू, सार, ब्याउ, अगेरी, फाग, बडाइ, पञ्च हतरिया, जडन्तो लाखो र जितरा ।

५. टिप्पणी

सुरुमा उदा कठायत भननुपर्नेमा छापला प्युरा भनिएको, उदा कठायतको खोजी गर्न पठाइएका सेवकहरूको सङ्ख्या कतै चार र कतै बाह्र भनिएको, कुमाउँनी राजा विक्रम चन्द भन्नको सट्टा कतै गुरुज्ञानी चन्द भनिएको, ख्याउटुमाला र डुगटुमालाको विवाह उदा कठायतसित भइसकेको भए पनि उनीहरूले अन्त्यको प्रसङ्गमा उदा वा छापलामध्ये जसले युद्ध जित्छ उसैलाई पतिका रूपमा वरण गर्ने भनेको जस्ता विभिन्न प्रसङ्गहरू प्रस्तोताको विस्मृति र अपरिपक्व प्रस्तुतिसीपका उदाहरण हुन् । विक्रम चन्द् सन् १४३३ देखि १४३७ सम्म कुमाउँ राज्यमा शासन गर्ने राजा हुन् ।

बिमला राउतको (२०२६)

बिमला राउतको भारत को कथानक

१. एउटा सौताबाट सात भाइ जन्जाली र एउटा सौताबाट जन्मेका एक्ला मङ्गल वा बिमला रावतका बीच पैतृक सम्पत्तिको अंशवण्डा हुँदा झगडा पर्नु, बिमलालाई सौतेला सात भाइहरूले बेलाउरे कोट र जुगाली सेरो दिन नचाहनु, बिमलाले आफूले पाउने प्रत्येक हिस्सा लिएरै छाड्ने अठोट व्यक्त गर्नु र घरपरिवारमा चलेको अंशवण्डाको खिचलोबाट दिक्क भएर बिमला राउत आफ्ना मामा सात भाइ अरियाल साउँदका घरमा जानु ।

२. मामाहरूसित बिमलाले आफूलाई आश्रय दिन अनुरोध गर्नु, अरियाल साउँदहरूले सात भाइहरूको एक्लो भान्जा भएकोले बिमलालाई आश्रय दिन कुनै गाह्रो नपर्ने कुरा सुनाउनु, बिमलाले मामाको घरमा बस्न थाल्नु, खाली बस्नुभन्दा मामहरूका बस्तुभाउ चराउन जानु उचित हुने देखेर बिमलाले मामाहरूका बस्नुभाउ चराउन अनुरोध गर्नु र सो कार्यका लागि मामाहरूले स्वीकृति दिनु ।

३. गाउँभरिका गोठालाहरूजम्मा गरेर डरधाक देखाई बिमलाले वनमा चौतारो चिनाउनु, गोठालाहरूलाई कुटपिट गर्नु, आफूले गरेको ज्यादतीबारे घरमा कसैलाई नभन्न धम्क्याउनु र गोठालाहरूभन्दा अगाडि घर फर्केर सबै गोठालाहरूको घरको खाजा खानु, उपद्रो मच्चाउनु र मामाहरूलाई सज्जनता देखाएर आफूले बदमासी नगरेको कुरा भन्नु ।

४. अर्को दिन चाँडै बस्तुभाउ वनमा पठाउन बिमलाले अरियाल साउनको सबै परिवारलाई अनुरोध गर्नु, वनमा गएर बिमलाले सारा बाख्रा एउटा रुखनेर लगेर चटाचट काट्नु, गोठालाहरूमा कसैको आँखा फोड्नु, कसैका हाँत भाँच्नु, कसैका खुट्टा तोड्नु, कसैको जिब्रो निकाल्नु र एक्लै घरमा फर्की बाघले बाख्रा खाएको झुटो कुरा मामाहरूलाई सुनाउनु र गोठालाहरू वनबाट आउँदै गरेको कुरा बताउनु ।

५. गोठालाहरूले बिमलाबाट यातना पाएको र बाख्राहरू बिमलाले नै काटेको कुरा आआफ्ना घरमा भन्नु, सात भाइ अरियालहरूले बिमलालाई मार्न खोज्नु, बिमलाको अनुनयविनय सुनेर माफी दिनु, काटिएका बाख्राको मासुको भाग लैजाने खबर घरघर पुर्‍याउन अरियाल साउनले बिमलालाई पठाउनु, बिमलाले ती बाख्राको मासुको भाग खानेले आफ्ना सन्तानको मासु खानू भन्ने उल्टो सन्देश सुनाएकोले मासुको भाग लैजान कोही नआउनु र त्यो कुरा भोलिपल्ट अरियाल साउनहरूलाई थाहा हुँदा उनीहरू बिमलाप्रति झनै आक्रोशित हुनु ।

६. बिमलाकै अनुरोधमा सात भाइ अरियाल साउनहरूले बिमलालाई मधेस लगेर लालबनियाँलाई सय रुपैयाँमा बेच्नु, बिमलालाई बेचेको पैसाले नुन, गुड, लुगालत्ता र खाने मसला किनेर अरियाल साउनहरू घर फर्कनु, बिमलाले पसलको र घरको हानिनोक्सानी गरेर लाल बनियाँलाई हैरान पार्नु, लाल बनियाँको सर्वनाश गरेर बिमला मामाको घरमा फर्कनु र लाल बनियाँले बिमलाको पिछा गर्नु ।

७. माइजूका लागि लुगा ल्याएको र जिउमा नापेर दिनु राम्रो हुने भएकोले बिमलाले आङ्खना माइजूहरू बोलाउनु, लुगाको लोभले बाहिर निस्केका माइजूहरूलाई एक एक गरेर बिमलाले हातखुट्टा भाँचेर अपाङ्ग तुल्याउनु र मामाका सन्तानहरूलाई पनि लुगा दिने निहुँमा बोलाएर बिमलाले अपाङ्ग बनाउनु,

८. बिमलाका असह्य क्रियाकलापबाट आजित भएर मामाहरूले निजलाई मार्न खोज्नु, बिमलाले उल्टै सात भाइ अरियाल साउनहरूलाई एकै लहरमा उभ्याएर बाण हानी मार्नु, सबै मामाहरूलाई मारेर बिमलाले माइजूहरूलाई मामाहरू आउँदै गरेको झुटा कुरा सुनाउनु, बिमलाका माइजूहरूलाई सबै कुरा थाहा हुनु र किरिया बस्ने क्रममा आवश्यक पर्ने सेतो लुगा दिने निहुँ गरेर आङ्खना सबै माइजूलाई पनि बिमलाले मार्नु ।

९. मामाहरूको र्सवनाश गर्ने बिमलालाई सात भाइ जन्जाली राउतहरूले मार्नु, बिमलाको निदारमा बिमलाकै रगतको टीका जन्जाली राउतहरूले लगाउनु र भविष्यमा आइपर्ने सङ्कट र बैरीबाट हुनसक्ने काटमारबाट मर्नुभन्दा आफ्नै हातले आङ्खनो ज्यान लिनु उचित हुने कुरा विचार गरी जन्जाली राउतहरूले आफैले छुरा प्रहार गरी आङ्खनो इहलीला समाप्त गर्नु ।

बिमला राउतको भारत का सामग्रीको छोटो विवरण

१. पात्रहरू

बिमला राउत, सात भाइ जन्जाली राउत, सात भाइ अरियाल साउन, गोठालाहरू, सात भाइ साउँदका पत्‍नीहरू र लाल बनियाँ ।

२. स्थान

बेलाउरे कोट, जुगाली सेरो, अरियाल साउनहरूको गाउँबस्ती, चरनक्षेत्र, लाल बनियाँ बस्ने बजार क्षेत्र, सात भाइ अरियाल साउन मारिएको ठाउँ र घोडीहाट ।

३. विशेष घटना

आश्रय दिने मामाहरूप्रति बिमलाले अविवेकी, अन्यायी र क्रूर व्यवहार गर्नु, दुष्टका प्रत्येक क्रियालाप दुष्ट्याइँपूर्ण हुनु, किनमेलका लागि मधेस र बजार क्षेत्रमा जानु, खेतीपाती एवम् पशुपालनयुक्त जीवनपद्धति हुनु, गोठालाहरू बलिया र जेठा गोठालाबाट प्रताडित हुनु र मध्ययुगीन सभ्यता झल्काउने घटनाको वर्णन हुनु ।

४. विशेष शब्दावली

थुच्के पातलो, चमरा चौपातो, नाउँ बर्मा, राङोपाःत लाउनु, लिणक्यौल, भमारीःबर, धाङोबुङो, फस्फसानो, तुडीतुम्मा, चाना हाण्णु, आङडो, बौरन, मतजूत र कपुवा ।

५. टिप्पणी

सुरुमा बिमला राउतलाई मङ्ङला राउत भनिएको, सौतेला भाइहरूको अंशवण्डाको झगडाको वर्णनबाट भान्जाको घटनामा आधारित भिन्न प्रकृतिको घटनाको वर्णन गरेको, मामा र माइजूहरूलाई मार्ने बिमलालाई सात भाइ जन्जाली राउतले मार्नु चित्तबुझ्दो भए पनि अन्त्यमा सातभाइ जन्जाली राउतले आत्महत्या गर्नु चित्तबुझ्दो नभएको र अधिकांश भारतमा अन्त्यमा वीरहरूले अर्काको हातको मृत्यु असह्य मान्ने र आङ्खनै हातबाट आङ्खनो मृत्यु वरण गर्ने वर्णन पाइने परम्पराअनुरूप कथानकलाई अस्वाभाविक रूपले मोडेको ।

यो सामाजिक र समान्य जनताको पारिवारिक घटनामा आधारित कथानक भएकोले यसका कथानकको निश्चित समय तोक्नु गाह्रो छ तापनि यसको समय इस्वीको सोह्रौ शताब्दीको हाराहारीमा राख्न सकिन्छ ।

जयसिंह साउन (२०६४)

जयसिंह साउनको भारत को कथानक

१. मधेसको कर पाइरहेकोले जयसिंह साउनमा घमण्डको भाव हुनु, भिनाजुको व्यहवार उचित नभएकोले साख्खै भए पनि साला नैने कठायतको जयसिंहसित विवाद हुनु, राजासित राजा र काजीसित काजी नभनेर आङ्खनै धाकरवाफमा हिँड्ने जयसिंहको घमण्डीपनप्रति कुमाउनी राजा गुरुज्ञानी चन्दको पनि असन्तोष हुनु र भाइभारदारको सल्लाहअनुसार जयसिंहको घमण्ड मार्न नैने कठायतले मात्र सक्ने ठानिएपछि धनको लोभ देखाएर राजा गुरुज्ञानी चन्दले नैनेलाई सो कार्यमा लगाउनु ।

२. जयसिंह साउन घरमा नभएको मौका पारी दिदी भेट्न भनेर नैने कठायतले मैनावती कहाँ जानु, मैनावतीलाई नैनेले सुजा र बिजा भान्जालाई राजा गुरुज्ञानी चन्दका दरबारमा लगेर पढाउने विचार सुनाउनु, मैनावतीले त्यस कार्यमा सहमति जनाउनु र यथेष्ट खर्च, सामलतुमल, लुगाकपडा र खाजा दिएर मैनावतीले नैनेको भरमा आङ्खना छोरा सुजा र बिजालाई पढ्न पठाउनु ।

३. मामाका साथ घोडामा चढेर पढ्नका लागि निस्केका सुजा र बिजा अनकन्टार वनमा पुग्नु, सुजाबिजाले भोक र थकाइ लागेको कुरा व्यक्त गरेर केही बेर आराम गर्नु, नैने कठायत एकै छिनमा आउने कुरा गरेर जङ्गलतिर लाग्नु, सुजाबिजाले खाजा खानु, निकै अबेरसम्म मामा नैने कठायत नर्फकाले उनका लागि खाजाको भाग छुट्याएर राख्नु र ढिलो गरेर र्फकेको नैनेले छोडेको खाजा नखाने भन्दै रिसाएर खाजा फालिदिनु ।

४. सुजा र बिजालाई घोडामा चढाएर कुयेँली र घँगारूका काँडाले नैनेले बेसरी चुट्नु, शिरबाट खुट्टा र खुट्टाबाट शिरसम्म डामैडाम पारेर सुजाबिजालाई नैनेले निर्घाट चुटी भिनाजु जयसिंहसितको रिस शान्त गर्नु, सुजाबिजाले ज्यादै अनुनयविनय गर्दा नैनेले कुटीकुटी तिनीहरूलाई राजा गुरुज्ञानी चन्दका दरवारमा पुर्‍याउनु र त्यस दरवारभित्रको झ्यालखानामा थुनेर ढोकामा ठूलो ढुङ्गा राखी राजा गुरुज्ञानी चन्दसित भेट्नु ।

५. राजालाई नैनेले सुजाबिजालाई बन्दीगृहमा राखेको कुरा सुनाउनु, राजाले पर्याप्त कारण बटुलेर आवश्यक कारबाही गर्ने विचार व्यक्त गर्दा नैनेले दरवारको काम गर्ने एक जना नोकरलाई नक्कली राजा बनाएर तत्काल सजाय सुनाई सुजाबिजालाई कष्ट पुर्‍याउने काम गर्नु, लुगामात्र राजाका लगाएको सुताने मोहनको जिउडाल, हातखुट्टा, ओठ र बानीबेहोर देखेपछि सुजाबिजाले त्यो व्यक्ति राजा नभएको अनुमान गर्नु र सुजाबिजाको परख एवम् बुद्धिमत्ताबाट प्रभावित भएर राजा गुरुज्ञानीले निजहरूलाई पढाउने व्यवस्था गरिदिनु ।

६. साहस, वीरता, धैर्ैय र परखमा सुजाभन्दा भाइ बिजा अगाडि रहनु, दुवै भाइले दरवारमा मिहिनेत गरेर पढ्नु, पढाइका साथै खेलकुद र अन्य क्रियाकलापकलापमा सुजाबिजा राजा गुरुज्ञानी चन्दका राजकुमारभन्दा अब्बल रहनु र राजाले सुजाबिजाको हेरचाह गरेको कुरा नैने कठायतलाई मन नपर्नु ।

७. राजाका राजकुमार र सुजाबिजा एउटै कोठामा सुत्नु, नैनेले राति गएर सुतेको सुजाबिजाका खुट्टा सुतेका राजकुमारहरूका मुखमा राख्नु, जयसिंहले राजाको मानसम्मान नगरेझैँ सुजाबिजाले पनि राजकुमारहरूको इज्जत नगरेको कुरा सुनाउँदै नैनेले त्यो दृश्य राजालाई देखाउनु, त्यसबाट राजा रिसाउनु र शूलीमा चढाएर सुजाबिजालाई मार्ने षड्यन्त्र रच्नु ।

८. राजाले शूली बनाउन लगाउनु, सुजाबिजालाई विद्यालय नपठाएर सिकेका विद्या सबैलाई देखाउन आज्ञा गर्नु, टुँडीखेलमा जम्मा भएका जनतालाई सुजाबिजाले सिकेका खेल एवम् रणकौशल देखाउनु, ती दुवैलाई फसाएर शूलीमा पार्ने षड्यत्र हुनु, त्यस्तो षड्यन्त्र दुवै भाइले थाहा पाउनु र शूलीमा पर्नबाट जोगिनु ।

९. जसरी भए पनि आफू राजाद्वारा मारिने कुरा बुझेपछि दुश्मनको हातबाट मर्नुभन्दा स्वयम् मर्नु ठीक ठानेर सुजाबिजाले जानीजानी शूलीमा पर्नु र आत्महत्या गर्नु र कलिलो उमेरका सुजाबिजाको मृत्युले राजा र नैने खुसी भए पनि टुँडीखेलमा उपथित सबै जना दुःखी हुनु ।

१०. सुजाबिजाले आफूहरू मारिएको कुरा सपनामा आमा मैनावतीलाई भन्नु, मैनावतीले पुत्रशोकमा विलाप गर्नु, पत्‍नीको निरर्थरोदन देखेर जयसिंह रिसाउनु, जयसिंहले पनि सुजाबिजा मारिएको सपना देख्नु र जयसिंह रिसले आगो हुनु ।

११. जयसिंह र मैनावती क्रोधको ज्वालाका साथ खतरनाक बाधाहरू पार गरी राजा गुरुज्ञानी चन्दको दरवारमा जानु, डराएका राजाले जयसिंहलाई शान्त तुल्याउन निजले भनेबमोजिमको खाने कुरो दिनु, उम्लँदो भात र खसीको काँचो मासु खान लागेको जयसिंहको अवस्था देखेर पधर्नेनीहरूले आँसु र हाँसोको भाव देखाएर चिन्ता व्यक्त गर्नु र खाना खाएपछि दरवार गएर जयसिंहले राजा गुरुज्ञानीको राज्य भताभुङ्ग गर्नु ।

१२. दरवार भङ्ग गरेपछि टुँडीखेलमा गएका जयसिंह र मैनावतीले शूलीमा टाँगिएका छोरा सुजाबिजालाई शूलीबाट उतारी काखमा राखेर विलाप गर्नु र प्रस्तोताद्वारा सुजाबिजाको वीरताको कीर्ति युगौँसम्म रहिरहने कुरा व्यक्त गर्नु ।

जयसिंह साउनको भारत का सामग्रीको छोटो विवरण

१. पात्रहरू

जयसिंह साउन, नैने कठायत, राजा गुरुज्ञानी चन्द, मैनावती, सुजा, बिजा सुताने मोहन, राजाका सभासद्, राजकुमारहरू, शूली बनाउने काठको मिस्त्री वा ओड, जनसाधारण र पँधैर्नीहरू।

२. स्थान

मधेस, जयसिंहको गाउँबस्ती, नैने कठायतको गाउँबस्ती, राजा गुरुज्ञानी चन्दको दरवार र राज्यक्षेत्र, अनकण्टार वनक्षेत्र, जलाशय, राजदरवारको बैठक, झ्यालखाना र टुँडीखेल ।

३. विशेष घटना

राजाको राज्यभित्रका केही क्षेत्रबाट जयसिंहले कर लिनु र राज्यका राजा तथा काजीहरूलाई मानसम्मान नदिनु, पढ्ने पढाउने व्यवस्था दरवारमा मात्र सीमित हुनु, यातायातको साधनका रूपमा घोडाको प्रयोग गर्नु, दुश्मनी साध्न साख्खै भानिजहरूलाई क्रूर तरिकाले कुटपिट गर्नु, अविवेकी राजा, अव्यवस्थित राज्य र मनपरी शासनतन्त्रको चित्रण हुनु, सपनामा विश्वास गर्नु र सच्चा वीरले शत्रुका हातबाट मर्नुभन्दा आफ्नै हातबाट मर्न उचित ठान्नु ।

४. विशेष शब्दावली

भड, रजबार, उठो बात, मासिबिडा, खिरिमिरी, गोकुल, गजमती, बनासिया, चौपिडा, साँचिन्डा, हम्राइ, अदलीकदली, चुल्बुली, सन्त, लोट्टी खेल, पट्टी खेल, उइना, कालचोसो, जलनिर्जल, र्साई र बागो ।

रुदा महराको (२०६४)

रुदा महराको भारत को कथानक

१. रुदा महराका जेठा बाबुलाई राजा धर्ती आधार शाहीले मार्नु र त्यसको क्षतिपूर्तिबापत मृतकका छोरीहरूमध्ये एकजनालाई घोडा र एकजनालाई बाज दिनु र काका गढबीज महराका छोरा रुदा महरालाई गोठबाट बोलाएर मृतकका छोरीहरूले क्षतिपूर्तिबापत प्राप्त सामग्री लिन र राजा धर्ती आधार शाहीसित बाबुको ज्यानको बदला लिन अनुरोध गर्नु ।

२. रुदाले जेठा बाबुलाई मार्नेसित बदला लिन आफू अघि र्सने तर क्षतिपूर्तिबापत जेठा बाबुकी छोरीहरूले पाएको सामग्री नलिने कुरा व्यक्त गर्नु, आवश्यक तयारी गरेर रुदा धर्ती आधार शाहीको दरवारमा जानु र राजालाई युद्धका निम्ति आफू आएको कुरा सुनाउनु ।

३. राजा धर्ती आधार शाहीलाई पराजित गरी उनका राज्यमा लुटपाट मच्चाउनु, रुदाले सुनचाँदी, गाईंभैँसी, भाँडाकुँडाजस्ता श्रीसम्पत्ति लिएर घर फर्कनु ।

४. भएकै गाईभैँसीको दूध दही राख्ने भाँडा घरमा नपुग भएको अवस्थामा राजा धर्ती आधार शाहीलाई पराजित गरेर ल्याएका गाईभैँसीको दूधदही राख्ने भाँडोको अभावमा गाह्रो परेकोले रुदाकी आमाले साउने चुनाराकहाँ गई ठूला पारा बनाउन रुदालाई अह्राउनु, रुदा साउने चुनाराको घरमा जानु र बाटोमा पँधेराबाट पानी बोकेर आएकी एउटी सुन्दरी युवतीसित रुदाले पानी मागेर खानु ।

५. रुदाले साउने चुनारालाई ठूला पारा बनाइदिन आग्रह गर्नु, साउनेले रुख काटेर, हाँगापिँगा ताछतुछ पारी, काठका बोक्रा झिक्न छोरीलाई बोलाउनु, आफूलाई पानी ख्वाउने युवती साउने चुनाराकी छोरी भएको कुरा रुदालाई थाहा हुनु र सारा वृतान्त साउनेलाई सुनाएर आफू जातीय परम्पराअनुसार पानीबाट खसेको हुनाले अब गर्नुपर्ने कृत्यबारे रुदाले सल्लाह माग्नु ।

६. जातभातपतनको कार्यका विरुद्ध रुदालाई पक्राउ गर्न राज्यका राजाले दूतहरू पठाउनु, रुदा पक्रिनु र दरवारमा लगिनु, राजाका सारा सभासद्ले रुदालाई मार्ने सल्लाह दिनु र राजाबाट सो सल्लाह सदर हुनु ।

८. राजाका राजकुमारी गङ्गा र जमुना पहिलेदेखि नै रुदाको सुन्दरता, वीरता र साहसबाट आकषिर्त भएकाले रुदालाई प्रत्यक्षरूपमा देख्दा झनै मोहित हुनु, राजकुमारी गङ्गाजमुना रुदाका बाजमोहनी, कलुवा मोहनी, सभामोहनी, स्त्रीमोहनी, अन्तमोहनी र दन्तमोहनीमा पर्नु र तिनीहरूका करकाप, बिन्तीभाउ र आग्रहका कारण राजाले मृत्युदण्डबाट रुदालाई मुक्त गरेर सेवकका रूपमा दरवारमा राख्नु ।

९. कायाकर्मबाट भएका पापको प्रायश्चितस्वरूप रुदाले राजकुमारी गङ्गाजमुनालाई साथमा लगेर चारधाम बाह्रतीर्थ, काशी, प्रयागराज, गया, गण्डकी, दिल्ली, जालन्धर, हरिद्वार, गुरुद्वार र कुरुक्षेत्रजस्ता विभिन्न ठाउँको तिर्थाटन गर्नु र घरमा फर्कनु ।

१०. रुदा बाहिर गएको मौका र उसले भोग्नु परेको पीडाका अवस्थाको फाइदा उठाएर धर्ती आधार शाहीको राज्यका एकजना व्यक्तिले हरेबचेको दल लगेर रुदाका घरमा लुटपाट मच्चाउनु, रुदाकी आमाले पुरुषको भेषमा तिनीहरूको प्रतिकार गर्नु, हातमा लगाएका चुरा देखेपछि रुदाकी आमालाई चिन्दा दुश्मनहरूले स्तन तथा काटेर अङ्गप्रत्यङ्ग काटेर मार्नु र रुदाको र्सवस्वहरण गरेर भाग्नु ।

११. तीर्थबाट फर्कने क्रममा धौलपुरी घाटमा लुटपाट मच्चाउने र आमाको ज्यान लिने दलबलसित रुदाको भेट हुनु, तिनीहरूले लगेको घोडाले रुदालाई चिन्नु र रुदालाई मलवारको जङ्गलमा बाघले खाएको दृश्य आफूले देखेको भन्दै रुदाले आफू तीर्थयात्री भएको कुरा त्यस दलबललाई बताउनु र युद्धकौशल सिकाउने निहुँले पानपाते छुरा चलाएर दुश्मनहरू सबैलाई मारी रुदाले आङ्खनो धनसम्पत्ति फिर्ता लिनु ।

१२. राजकुमारी गङ्गाजमुनाका साथ रुदा घर फर्कनु, निजले आमाको काजकिरिया गर्नु र प्रसिद्ध वीर एवम् साहसी व्यक्तिका रूपमा रुदाको नाम युगयुगसम्म चलिरहनु ।

रुदा महराको भारत का सामग्रीको छोटो विवरण

१. पात्रहरू

रुदा महरा, रुदा महराका जेठा बाबु, रुदा महराका जेठा बाबुका सारू र काउनी छोरीहरू, गढबीज महरा, चम्पावत राज्यका राजा धर्तीआधार शाही, धर्तीआधार शाहीका सभासद्, दलबल, सिपाहीहरू, साउने चुनारा, साउने चुनाराकी छोरी, राजा, राजकुमारी गङ्गाजमुना, रुदा महराकी आमा र राजाका दूतहरू ।

२. स्थान

रुदा महराको गाउँठाउँ, राजा धर्तीआधार शाहीको दरवार र राज्यक्षेत्र, रुदा महरा बस्ने राज्यका राजाको दरवार, काशी, प्रयागराज, गया, गण्डकी, दिल्ली, जालन्धर, हरिद्वार, गुरुद्वार र कुरुक्षेत्रजस्ता चारधाम, बाह्र तीर्थ र धौलपुरी घाट ।

३. विशेष घटना

सामान्य व्यक्ति भएर पनि रुदाले आङ्खना जेठा बाबुलाई मार्ने राजा धर्तीआधार शाहीसित बदला लिनु, अपरिचित व्यक्तिका हातबाट पानी खान नहुने सन्देश दिनु, तल्लो जात भनिनेहरूका हातबाट पानी खाएमा माथिल्लो जात भनिने व्यक्तिको जात, भात, समाज, स्तर र मान्यता पतन हुनु, काया र कर्मबाट भएका पापको प्रायश्चितस्वरूप तीर्थहरूमा गएर स्नान गर्नु, युद्ध र बदलाका नाममा शत्रुपक्षका नारीको स्तन तथा अङ्गप्रत्यङ्ग काट्नुजस्ता क्रूर कार्य गर्नु, भनसुनका आधारमा नियाँनिसाफ हुनु, शत्रुपक्षको समूल अन्त्यको प्रयास गर्नु, गाईंभैँसी प्रसस्तमात्रामा दुहुना हुनु नै आर्थिक सम्पन्नता मानिनु र मध्ययुगीन सभ्यताको जीवनजगत्को चित्रण हुनु ।

४. विशेष शब्दावली

मुड फर्काउनु, बौरेली, काउजी, तहना महना, बागो, अदाउटो, सिबाउटो, धाडो पछाडो, ब्याःन तारा, लोट्टी खेःल र पट्टी खेःल ।

५. टिप्पणी

भारतको प्रस्तुतिगत व्यवस्थानुसार व्यक्त नभएको, सुरुको अंश अल्मलिएको स्थितिमा व्यक्त गरिएको र बिस्तारै प्रस्तुति सुध्रि्रदै कथानकविकासमा पनि अनुकूत गति देखिएको र गायकले सामान्य भनाइका आधारमा भारत पेस गरेको । राजा धर्तीआधार शाही डोटी वा कुमाउँ राज्यका शासक भएको इतिहास प्रमाण पाइँदैन । राजा नभएर यी राजकुमार भएको हुनु सम्भव छ र के पनि सम्भव छ भने कल्पनाका आधारमा कथिएको र यस भारतका पात्रहरूको नाम काल्पनिक रूपमै राखिएको हुनुपर्दछ । यसको कथानकले इस्वीको पन्ध्रौँ शताब्दीको डोटेली राज्यकालको परिवेश प्रस्तुत गर्दछ ।